वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र प्रदेश सरकार, सुदुरपश्चिम प्रदेश,उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गतको सरकारी निकाय हो ।२०५० सालमा स्थापना भएको यस केन्द्र संघियता संरचना हुनु भन्दा पहिला सुदुरपश्चिमान्चल क्षेत्रीय वन तालिम केन्द्रको रुपमा रहेको थियो । संघिय संरचना लागु भए पश्चात यस वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रको स्थापना २०७४।१०।२२ मा भएको हो । क्षेत्रफलको हिसावले सुदुरपश्चिम प्रदेश वन स्रोतमा सबै भन्दा धनि प्रदेश हो ।यस प्रदेशमा कुल क्षेत्रफलको ५१.३३ प्रतिशत वन क्षेत्रले ढाकेको छ । यस प्रदेशको सम्रग वन क्षेत्रको अध्ययन अनुसन्धान तथा वन सेवामा कार्यरत जनशक्तिको क्षमता, दक्षता तथा कार्यकुशलता अभिबृद्धि गर्ने उद्देश्यले यस कार्यलयको स्थापना भएको हो । यस केन्द्रले श्रेणिबिहिन कर्मचारी देखी अधिकृतस्तर सम्मको कर्मचारीको लागी बिभिन्न किसिमका तालिमहरुको आयोजना गर्दछ साथै यस प्रदेश भित्रको समग्र वन तथा वातावरण क्षेत्रको अध्ययन अनुसन्धान पनि गर्दछ ।
v वन,वनस्पति,वन अनुसन्धान, भू तथा जलाधार,राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण सम्बन्धि जनशक्तिको लागि समयानुकुल तालिमको आवश्यक व्यवस्था गर्न ।
v वन,वनस्पति,वन अनुसन्धान, भू तथा जलाधार,राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण सम्बन्धि जनशक्तिको लागि तालिमको आवश्यकता पहिचान (Training Need Assessment) गरि सो अनुरुप तालिम पाठ्यक्रम निर्माण सम्बन्धि कार्य गर्न ।
v वन क्षेत्र सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिम कार्यक्रमहरु संचालन गर्न ।
v वन,वनस्पति,भू तथा जलाधार संरक्षण,वन अनुसन्धान,रा.नि. तथा वन्जन्तु संरक्षण सम्बन्धि चेतनामुलक कार्यक्रमहरु विभिन्न माध्यमबाट संचालन गर्न ।
v वन सम्बन्धि खोज अनुसन्धानका विषय वस्तुहरुको प्रचार प्रसार कार्य गर्न ।
v वन बन्यजन्तु तथा वनस्पती सम्बन्धी अध्ययन अनुसन्धान गरी नतिजा प्रकाशित गर्न ।